जनकपुरधाम । मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव पारित भएको छ ।
प्रदेश सभामा ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव बुधबारको सभाबाट पारित भएको हो ।
मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गरेका थिए ।
मधेश प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा ० मत पर्यो । दुईतिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएको उपसभामुख बबिता राउत ईशरले घोषणा गरेकी छन् ।