काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचनका लागि हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगकाअनुसार हालसम्म १२२ वटा राजनीतिक दल दर्ता हुँदा २८ वटा प्रक्रियामा छ्न ।
आयोगले आइतबार पत्रकार सम्मेलन गरेर दल दर्तासम्बन्धी विवरणबारे जानकारी दिएको हो । आयोगले २८ वटा दलहरू दर्ता प्रक्रियामा रहेका जानकारी दिएको छ। दर्ता प्रक्रियामा रहेका दलहरूका हकमा काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया भइरहेको आयोगले जनाएको छ। । यस अवधिमा सातवटा राजनीतिक दल खारेजीमा पनि परेका छन् ।
आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको थियो । आयोगको आह्वानअनुसार कुलमान घिसिङ, दुर्गा प्रसाईं र हर्क साम्पाङसहितले पनि नयाँ दल दर्ता गराएका छन् ।