काठमाडौँ। मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन्।
पदमुक्त हुनेमध्ये ४ जना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका र १ जना नागरिक उन्मुक्ति पार्टीका सांसद छन्।
प्रदेशसभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेका ५ जना पदमुक्त भएका हुन्।
पदमुक्त हुनेमा उर्मिला देवी सिंह, मनीषकुमार सुमन, संजयकुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन्।
