काठमाडौँ । अभिनेत्री रीमा विश्वकर्माले नयाँ दल उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बन्न निर्वाचन आयोगमा सनाखत गरेकी छन् । उज्यालो नेपाल पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र पाउन बाँकी छ । उनी कुलमान घिसिङको समर्थन रहेको दल ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्यमा प्रस्तावित पदाधिकारी हुन् ।आयोगमा पुगेर उनले सनाखत पत्रमा हस्ताक्षर गरिन् ।
रीमाले आफू औपचारिकरुपमा उक्त दलको केन्द्रीय सदस्य बनेको बताएकी थिइन् । यद्यपी, यो दलले आयोगबाट दल दर्ताको प्रमाणपत्र पाउन बाँकी छ । अभिनेत्री निशा अधिकारी गतिशिल लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य र एलिजा गौतम जनादेश पार्टीकी उपाध्यक्ष बनेकी छन् ।