नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियानु सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
-1762940476.jpeg)
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो । रावलले आजै पेरिसडाँडामा सातबुँदे सहमति गरेका थिए । सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्तावक भीम रावलको हस्ताक्षर छ ।
-1762940475.jpeg)
हस्ताक्षरलगत्तै एकता घोषणा गरिएको हो । कार्यक्रममा संयोजक प्रचण्ड तथा नेता झलनाथ खनालले रावललाई माला लगाइदिएर अंकमाल गरी पार्टीमा स्वागत गरेका थिए ।
-1762940476.jpeg)