काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहका बीच मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । मधेश प्रदेशमा संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको विषयमा विवाद उत्पन्न भएपछि सरकारले सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ गराएपछि मधेशमा तनावको अवस्था सिर्जना भएको थियो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतका उपस्थिति थियो ।