काठमाडौ । मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संवैधानिक नरहेको भन्दै सात दलका सांसद जनकपुरको मधेश भवन अगाडि धर्नामा बसेका छन् । मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सांसदहरु सडकमा धर्नामा बसेपछि त्यो रुटमा सवारी आवागमन रोकिएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरी महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा शपथ ग्रहण गराएपछि सात दलले विरोध जनाएको छ।
सोमबार नै विपक्षी दलहरुले मुख्यमन्त्री निवासमा तोडफोडसमेत गरेका थिए । मुख्यमन्त्रीको नियुक्तिविरुद्ध आन्दोलनमा उत्रिएका सात दलका सांसदलाई मधेश भवन प्रवेशमा कडाइ गरिएपछि उनीहरू मुख्य गेट नजिकको सडकमा लामबद्ध भएर धर्नामा बसेका छन् ।
मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सांसदहरु सडकमा धर्नामा बसेपछि त्यो रुटमा सवारी आवागमन रोकिएको छ। एमाले, राप्रपा र संघीय समाजवादीबाहेका दलहरु आन्दोलनमा उत्रिएका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संवैधानिक नरहेको भन्दै सात दलका सांसद जनकपुरको मधेश भवन अगाडि धर्नामा बसेका छन् ।