काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ’ भन्दै अब ‘स्वायत्तताको आन्दोलन’को उदघोष जरूरी रहेको बताएका छन् ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दल भएको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि डा.राउतको यो प्रतिक्रिया सार्वजनिक गरेको हो । मधेश हाम्रो हो यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ’ भन्दै उहाले अब ‘स्वायत्तताको आन्दोलन’को उदघोष जरूरी रहेको बताएका छन् । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो,’ भन्दै उनले फेसबुकमा लेखेका छन् ।
मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् । ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।
अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र आन्दोलनको माग बमोजिम बनेको छ । त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाइको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ । उनी भन्छन्, ‘सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४ प्रतिशत जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्रविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उदघोष जरूरी छ ।
उपचारका लागि काठमाडौं जान्छु भनेर आफ्नो निवासबाट हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासको एक होटलमा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आलोचना भइरहेको छ । मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं । डराएर नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं,’ उनले भनेका छन्