कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुंगे पुल हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।
-1762231317.jpg)
यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । दोधारा चाँदनी झोलुँगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब नौ किलोमिटरको दूरीमा पर्छ । यस पुलको लम्बाई एक हजार ४५२.९६ मिटर र चौडाई १.६ मिटर रहेको छ । वि.सं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी)ले निकै सास्ती भोग्नुपरेको थियो ।
-1762231316.jpg)
 
-1762231314.jpg)
-(1)-1762231313.jpg)
-1762231312.jpg)
-1762231292.jpg)