सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो काट्नु मात्र होइन, हिमालको एक भव्य ग्यालरी अवलोकन गर्नु पनि हो ।काठमाडौं उपत्यकावरिपरिबाट उत्तरतिर हेर्दा, गणेश हिमाल र लाङटाङ शृंखलाका चुचुराहरूले हामीलाई बिदाइ गर्छन् । यी हिमाल यति नजिक र स्पष्ट देखिन्छन् कि मानौँ– कसैले सेतो हिउँको ठूलो चित्रकला हाम्रोसामुन्ने टाँगिदिएको छ । पश्चिमतिर अघि बढ्दै जाँदा मध्य नेपालको विशाल दृश्य खुल्छ । ८ हजार मिटरको विशाल मनास्लु हिमाल आफ्नोवरपरका हिमालचुली र ङादी चुलीसँगै आकाशलाई नै छोलाजस्तो गरी उभिएको छ ।
यसपछि यात्राको सबैभन्दा मोहक खण्ड आउँछ– अन्नपूर्ण शृंखला । माछापुच्छ्रेको धारिलो चुचुरो, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका विशाल कायाहरूले हाम्रा आँखालाई चकित पार्छन् । सफा मौसममा सूर्यको किरण पर्दा यी चुचुराहरू चाँदीजस्तै टल्किन्छन् र त्यो सौन्दर्यले मुटुलाई नै छोएर जान्छ ।अझ पश्चिम लागेपछि देखिने धौलागिरिको विशाल भव्यता र यसको सेतो चम्किलो रूपले यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ । कहिलेकाहीँ त धौलागिरिभन्दा परको अपि र सैपालजस्ता सुदूरपश्चिमका हिमालहरूको छाया मात्र देखिनु पनि निकै रोमाञ्चक हुन्छ । धनगढी पुग्दा नपुग्दै यी हिमाली दृश्यले शान्ति र मनमा खुसीको तरंग उत्पन्न गराइसक्छन् ।
-1761285590.jpg)
पश्चिमतिर अघि बढ्दै जाँदा मध्य नेपालको विशाल दृश्य खुल्छ । ८ हजार मिटरको विशाल मनास्लु हिमाल आफ्नोवरपरका हिमालचुली र ङादी चुलीसँगै आकाशलाई नै छोलाजस्तो गरी उभिएको छ । यसपछि यात्राको सबैभन्दा मोहक खण्ड आउँछ– अन्नपूर्ण शृंखला । माछापुच्छ्रेको धारिलो चुचुरो, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका विशाल कायाहरूले हाम्रा आँखालाई चकित पार्छन् । सफा मौसममा सूर्यको किरण पर्दा यी चुचुराहरू चाँदीजस्तै टल्किन्छन् र त्यो सौन्दर्यले मुटुलाई नै छोएर जान्छ ।
-1761285591.jpg)
अझ पश्चिम लागेपछि देखिने धौलागिरिको विशाल भव्यता र यसको सेतो चम्किलो रूपले यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ । कहिलेकाहीँ त धौलागिरिभन्दा परको अपि र सैपालजस्ता सुदूरपश्चिमका हिमालहरूको छाया मात्र देखिनु पनि निकै रोमाञ्चक हुन्छ ।धनगढी पुग्दा नपुग्दै यी हिमाली दृश्यले शान्ति र मनमा खुसीको तरंग उत्पन्न गराइसक्छन् ।
-1761285598.jpg)
-1761285561.jpg)
-1761285594.jpg)