काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । सर्वोच्च अदालतले मंगलबारदेखि रिट दर्ता गर्ने निर्णय गरेपछि पहिलो दिन नै अदालतमा ५ रिट पेश भएको हो।
प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ। सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद पुनःस्थापना गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल ‘सफलले पनि रिट दायर गरेका छन्। जेनजी आन्दोलनपछि नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् ।