काठमाडाैँ । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले प्रतिनिधिसभा पुनस्थापन हुनुपर्ने माग गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले सरकार मुठभेडको बाटातर्फ अघि बढिरहेको बताए । सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरिएको ज्ञवालीले बताए ।