नयाँ बानेश्वरस्थित संसद् भवन खण्डहरमा परिणत भएको छ । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद् भवनको संरचना तहसनहस भएको हो।संसद् भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए। खण्डहर बनेको संसद् भवन अहिले दयानीय अवस्थामा छ ।




