काठमाडौं । इलाममा पहिरोले पुरिएर अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय, इलामका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति भएको हो ।
सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जना, माङ्सेबुङ-१ पाटी गाउँमा ३ जना, देउमाई-५ ढोरेमा १ जना, देउमाई-५ धुसुनेमा २ जना, फाकफोकथुमको रातमाटेमा एक जना, इलामको घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको डीएसपी राईले बताए । मृतकको पहिचान भने भइसकेको छैन । सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली घटनास्थलमा खटिएको छ ।