काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, पार्टीका पूर्वसांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको हो ।
जेनजी प्रदर्शनपछि रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका थिए । त्यस्तै, पार्टीले ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।