काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले मुलुकका महत्वपूर्ण सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीका घटनामा नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले नेपाल र नेपाली जनताको रक्षा सेनाले किन नगरेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले लेखेका छन्, ‘शितलनिवास, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाइरहँदा रमिते बन्ने सेना कसको हो ? नाम नेपाली त छ, तर नेपाल देश र नेपाली जनताको रक्षा किन गरेन ?’ पछिल्लो समय नेपाली सेनाप्रति पक्ष र विपक्षमा आवाज उठिरहेका छन् ।