काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आउँदाे मङ्सिरमा विशेष महाधिवेशन गर्ने भएको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भङ्ग गर्दै मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले चुनावमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा जेन—जी आन्दोनलका क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय पनि भएको छ ।
माओवादी केन्द्रले आफ्ना नेताहरूको सम्पन्न छानबिन गर्नका लागि आयोग पनि गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाका अनुसार तत्काल समिति बनाएर नेताहरूको सम्पत्ति छानबिनको काम शुरू गर्ने निर्णय भएको छ ।