काठमाडौँ । सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।
गत भदौ २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको बुझिएको छ ।