विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् विघटन संविधान सम्मत नभए पनि देशलाई थप क्षतिबाट जोगाउन यो नै सही विकल्प भएको बताएका छन् ।
संसद् विघटन राष्ट्रपतिको ‘ड्यामेज कन्ट्रोल’ का रूपमा आएको परिस्थितिजन्य निर्णय भएको उनको भनाइ छ ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले अब चुनावको विकल्प नभएको बताए । कोइराला निवास पनि जेनजी आन्दोलनका क्रममा आगो लगाइएको थियो ।
आगोले जलेको घरमै पत्रकार सम्मेलन गरेका कोइरालाले वर्तमान सरकारको एकमात्र दायित्व निष्पक्ष चुनाव गराउनु रहेको र अब देश चुनावकै बाटोबाट ट्र्याकमा ल्याउनु पर्ने बताए ।उनले संविधानलाई पूर्ण रूपमा छिन्नभिन्न हुनबाट जोगाउन राष्ट्रपति सफल भएको पनि बताए ।