काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ।
हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए ।आक्रमणका क्रममा देउवालाई पछाडिबा धारिलो हतियारले हानिएको खुलेको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् ।
‘आजको बैठक पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथिको अमानवीय र बर्बर भौतिक आक्रमणको कडा निन्दा गरेको छ’, उनले भने, ‘साथै उहाँहरूको घरमा गरिएको आगजनीको पनि भर्त्सना गरेको छ। बैठक सुरू हुनुअघि नै उपसभापति पूर्णबहादुर खड्काले दुवैको स्वास्थ्य सुधार भइरहेको ब्रिफिङ गर्नु भयो ।’
देउवाको गर्धनभन्दामाथि र तल लागेको चोट गहिरो भएकाले सुरूमा आत्तिनपुरेको विश्वकर्माले बताए । ‘हामी सुरूमा अत्तालिएका छौँ । तर अहिले दुवैजनाको सुधार भएको छ’, विश्वकर्माले भने ।