काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा।तोसिमा कार्कीले पार्टीमा ‘रिफर्मेसन’ ९रूपान्तरण० को माग गर्दै एक खुल्ला पत्र लेखेकी छन् । उनले पार्टीका संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै जेनजी आन्दोलनले ल्याएको नयाँ परिस्थितिको सामना गर्न पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन्।
डा. कार्कीले आफ्नो पत्रमा हालै सम्पन्न जेनजी आन्दोलनलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा दिएकी छन्। उनले तत्कालीन सरकारको नृशंस दमनका कारण ७२ जनाको निधन भएको र हजारौँ घाइते भएको उल्लेख गर्दै अहिले नेपाल गम्भीर सङ्कटको दोसाँधमा उभिएको बताएकी छन्।
डा. कार्कीका अनुसार यो आन्दोलनले नेपाल राष्ट्रलाई पुरानो अवस्थामा रहन नसक्ने गरी आमूल परिवर्तनको माग गरेको छ। यसै सन्दर्भमा उनले जेनजी मात्र नभई जेन अल्फा पुस्ताका भावनाहरूलाई पनि समावेश गरी सबै वर्ग, क्षेत्र र उमेर समूहका पीडा र अपेक्षालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएकी छन्।
