काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।
‘शान्ति तथा स्थिरता कायम गर्न उहाँले गरिरहेको प्रयासप्रति भारतको अटल समर्थन पुनस् व्यक्त गरेँ,’ उनले लेखेका छन् । यसअघि सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीले बधाई दिइसकेका थिए । आज भने टेलिफोन वार्ता भएको हो । कुराकानी आत्मीय भएको मोदीले उल्लेख गरेका छन् ।
मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना पनि प्रकट गरेका थिए । ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो । हालैको दुस्खद घटनामा ज्यान गुमाउनेप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ मोदीले लेखेका छन् ।
उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका छन् ।
