काठमाडौं । नयाँ  प्रधानमन्त्रीको लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको छ ।   गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा नयाँ प्रधानमन्त्री राख्न लागिएको छ ।

अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको हो ।अहिले यहाँ प्रधानमन्त्रीका लागि बस्ने कुर्सीदेखि, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा कार्पेटहरू धमाधम व्यवस्थापन गरिँदैछ ।  नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम चर्चामा छ । 

