काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित फरक मत राख्ने नेता कर्ण थापाको तयारीमा नेतृत्वले रोक लगाएको छ ।
गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन उनी फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए । स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापालाई फरक मत पढ्न दिने कार्यसूची हिजै तय भएको थियो । उनको प्रतिवेदन प्रतिनिधिलाई बाँड्न दिन पनि नेतृत्व तयार भएको थियो।