काठमाडौँ । अमेरिकाले अवैध रूपमा त्यहाँ बसिरहेका थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेर अध्यागमन कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको स्रोतले जानकारी दिएको छ।
ती ३७ जना नेपालीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्ने भएका छन्। यसबारे अमेरिका सरकारले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। बुधबार दिउँसो २स्३० बजेतिर ३७ जना निष्कासित नेपाली लिएर उक्च चार्टर्ड जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। अवैध बसेका ती नेपालीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकी सुरक्षाकर्मीले पक्राउ गरेका थिए।