बुटवल । रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रुपन्देही सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। केही समयअघि उनी नागरिक उन्मुक्ति पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए। रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।