काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छाडिएको छ । बयानका लागी प्रहरीले आजै जिल्ला सरकारी वकिल कार्यालय लागेको थियो।
उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । महर पहिल्यै यौनसम्बन्धी एक मामिलामा मुछिएका थिए ।
यसअघि उनीविरुद्ध मुद्दा हालेकी महिलाले नै हुलाकमार्फत दिएको जाहेरीका आधारमा पछिल्लोपल्ट पक्राउ पुर्जी जारी भएको थियो । यसपछि उनी आफैं प्रहरीको साइबर ब्युरामा उपस्थित हुन पुगेका थिए ।
सामाजिक सञ्जालमार्फत महरले चरित्र हत्या गर्ने खालका पोस्ट र गतिविधि गरेको आरोप महिलाले लगाएकी छन् ।