काठमाडौँ । एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् ।यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् । महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार अदालतमा उपस्थित भएको ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए । आजै उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको छ ।