काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनमा उच्च अदालतले कैफियत प्रतिवेदनसहित सक्कल मिसिल झिकाउने आदेश गरेको छ ।
न्यायाधीश सागर विष्टको एकल इजलासमा परेको निवेदनमा प्रारम्भिक सुनुवाई पछि कैफियत प्रतिवेदनसँगै सक्कल मिसिल झिकाउने आदेश भएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध अभियोगमा लामिछाने चैत २२ देखि पुर्पक्षका लागि थुनामा छन् ।