काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रवि लामिछानेप्रति सद्भाव प्रकट गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले मंगलवार भण्डारी निवास भङ्गाल पुगेर भेट गरेका थिए ।
झाका अनुसार, भण्डारीले लामिछानेमाथिको मुद्दाका विषयमा कुराकानी गर्दै रविमाथि भइरहेको व्यवहारप्रति आफू असन्तुष्ट रहेको बताएकी थिइन् ।
उक्त विषयप्रति शीर्ष तहका नेताहरूलाई समेत भनेको भण्डारीको भनाइ थियो । उनले भण्डारीले आफ्नो सन्देश रविसमक्ष पुर्याउनसमेत झालाई आग्रह गरिन् ।
रास्वपाको बैठकमा पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन हुने वा नहुनेबारेमा कुरा उठे पनि निर्णय भइनसकेको झाले बताए । उनले भण्डारीसँग करिब डेढ घण्टाको संवादमा समसामयिक राजनीतिक घटनाक्रम र उनका गतिविधिमाथि केन्द्रित रहेर कुराकानी भएको जानकारी दिए ।