काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त सभापति पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
सभामुख देवराज घिमिरेले बुधबारको निर्वाचन घोषणा गरेपछि कार्यतालिका सार्वजनिक गरिएको हो ।सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले सभापतिमा दिलेन्द्र बडूलाई अघि सार्ने तयारी गरेको छ ।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।
