काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् ।
चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन् ।महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए ।
दुई नेताबिच पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । माओवादीको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, एकताका लागि कार्यदल गठन हुन सकेको छैन ।