काठमाडौं ।जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।
अशोक राई नेतृत्वको सो पार्टीले प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय गरेको छ ।
हाल जसपाका तर्फबाट खानेपानीमन्त्री यादव छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री शाह सुडी छन् । यादवको ठाउँमा महतोलाई खानेपानीमन्त्री बनाउने तयारी छ । झालाई महिलामन्त्री बनाउने जनाएको छ ।