कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्याराफिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ । प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले १९ फागुन २०८१ मा सम्झौता गरेर २० फागुनबाट निर्माण थालनी गरेका थिए ।
-1755748225.jpg)
४३ करोड ७७ लाखमा ठेक्का लिएको सो निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलले निर्माण कार्य ९५ प्रतिशत सकिएको र अब सरसफाइ, रेलिङ फिटिङजस्ता काम मात्र बाँकी रहेको जानकारी दिए । १० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिमखण्ड गरी दुई खण्डमा रहेको र पूर्वीखण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।
-1755748224.jpg)
फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले ६ वटा लाइटका लागि सबै पोलहरु ल्याइसकेको र केही दिनमा जडानको काम सुरु गरिने जनाएको छ ।
-1755748215.jpg)
-1755748209.jpg)
-1755748216.jpg)