काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी पुनः सत्ता पक्षको बेन्चमा फर्केको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय सचिवालयमा सत्ता पक्षकै बेन्चमा बस्न पाउ भन्ने आग्रहसहितको पत्र पठाएसँगै ४६ दिनपछि सो पार्टी पुनः सरकार पक्षको बेन्चमा गएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि सो पार्टीले असार २० गते सङ्घ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो ।