दाङ । घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले राजीनामा दिएका छन् । घोराही उपमहानगरपालिकाको सोमबार घोराहीमा बसेको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत गरेको हो ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा पार्टीको तर्फबाट अध्यक्षमा विजयी भएका थिए। अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष केही महिना अघि राजीनामा बुझाएका हुन्। उनको ठाउँमा वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।