काठमाडौं । सरकारले चालु आर्थिक वर्षका निम्ति वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
बिहीबार (साउन २९) सिंहदरबारमा साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्वा गुरुङले मोटा धानको प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी दिए ।
मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनमत समर्थन मूल्य तोक्ने निर्णय गरिएको उनले बताए ।