काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा सत्यता नरहेको बताएका छन् ।
एकातिर किसानले मल नपाइरहेको र अर्कोतिर मल अभाव नरहेको भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेको भनेर प्रश्न उठाएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले कालोबजारीको मल महंगोमा किन्न किसान बाध्य रहेको बताए । किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन उनको आग्रह छ ।