काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण मुलुकका विभिन्न सात स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ । संखुवासभाको भोटेखोला गाउँपालिका–४, वरुणस्थित कोसी राजमार्ग गएको जेठ २ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
रसुवामा पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पहिरोका कारण यही साउन १८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पूर्वपश्चिम राजमार्ग र लमजुङमा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।यस्तै, रुकुम पश्चिममा जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । देशका केही स्थानका सडकमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
