काठमाडौँ । सरकारले हज समितिको अध्यक्षमा मोख्तार अहमदलाई नियुक्त गरेको छ। मंगलबार गृहमन्त्री रमेश लेखकले सिराहाको कल्याणपुर नगरपालिका–१२ का अहमदलाई हज समितिको अध्यक्ष नियुक्त गरेका हुन्।
गृह मन्त्रालयअन्तर्गत रहने हज समितिका सदस्यहरुको नियुक्ति भने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।