पर्वत । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्। मोदी गाउँपालिका- ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी ७६ वर्षीय छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् ।
पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्धार गरिएको छ । पहिरोमा पुरिँएकालाई गाउँले उद्धार गरेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।