काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् ।
योसँगै अब मापसे, लेन अनुशासन लगायतका कसुर गर्नेले अनिवार्य रूपमा ट्राफिक कार्यालय पुगेर कक्षा लिनुनपर्ने भएको छ ।
अनलाइन कक्षाको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले प्रविधिको प्रयोग गरी नागरिक एपमार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सक्ने व्यवस्था गरिएको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने बताए ।