काठमाडौं । परराष्ट्र मन्त्रालयले भ्रामक प्रचार र आधार सामग्रीप्रति सजग रहन आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले उक्त सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रतिनिधिमण्डका सम्पूर्ण सदस्यहरु फर्किएको उल्लेख गरेको छ ।
