काठमाडौँ । पछिल्लो मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णय गरेको छ। असार १३ गते बसेको बैठकले सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरेको छ।
त्यस्तै विदेशी विनियम विधेयक तर्जुनाका लागि सिद्धान्त पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। नेपाल-भारतबीच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्रमा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
