धनगढी । सुदूरपश्चिम प्रदेश युवा परिषदले नयाँ कार्यकारी उपाध्यक्षको रूपमा गजेन्द्र सावदलाई पाएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको परिषदमा साउँद नियुक्त भएका हुन् ।
सावद विगत एक दशकदेखि खेलकुद तथा युवाका सवालमा क्रियाशील रहँदै आएका छन्। उनी सामाजिक अभियन्ता, युवा नेताका साथै राष्ट्रिय खेलाडी समेत हुन् । प्रदेश सरकारले युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा नीति निर्माण प्रक्रियामा सहभागी गराउन परिषदमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नयाँ कार्यकारी उपाध्यक्षको रूपमा नियुक्त भएपछि सावदले युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले प्रदेशभरका युवाहरुलाई एकीकृत गर्दै समावेशी र दूरगामी योजनाहरू अघि सार्ने योजना बनाएको बताएका छन्।