काठमाडौँ । सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै सरकारले अध्ययन अनुमति (एनओसी) पत्र वितरण भइरहेको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक जानकारी पत्र मार्फत दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) पत्र जारी भइरहेको जनाएको हो ।
सरकारले गत वैशाख ३० गते दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (
एनओसी) बन्द गरेको थियो ।

