डोटी । डोटीको आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे १ बजेतिर दिपायलबाट आदर्श गाउँपालिका ७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जीप आदर्श गाउँपालिका - १ दोबाजमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जीप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरूलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भैइरहेको छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको ।