काठमाडौँ । इजाजत प्राप्त संस्था (मेनपावर) नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले मेनपावरहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड अनिवार्य गरेको हो । गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान गरेको हो ।
विभागले सोमबार एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने संस्थाहरूलाई गुगल लोकेसन अनिवार्य गरेको हो ।
