काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन् । आज सोमबार बिहान ८ः५६ बजे उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन् ।
आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराएकी थिइन् ।
प्रहरी महानिरीक्षक दिपक थापाबाट गत २५ चैतमा आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झन्डा हस्तान्तरण गरी असई शेर्पासहितको आरोहण दल २८ चैतमा काठमाडौंबाट प्रस्थान गरेको थियो ।