काठमाडौँ । यसै हप्ता हुन लागेको सगरमाथा संवादको पहिलो संस्करणका लागि भारत सरकारले नेपाललाई सवारीसाधन हस्तान्तरण गरेको छ। भारत सरकारले सहयोगस्वरुप १५ ओटा विद्युतीय गाडी उपलब्ध गराएको छ ।
नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन्।
मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि भारतले उपलब्ध गराएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिइन् । मन्त्री राणाले मे १६‐१८ मा आयोजना हुन लागेको सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताइन्। उनले अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरू तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको उल्लेख गरिन्।